१५ असार २०८३, सोमबार

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ?

भदौ ४, २०८२
काठमाडौं
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। मूल्यसूचीअनुसार सबैभन्दा सस्तो काक्रो (हाइब्रीड) देखिएको छ । जसको मूल्य प्रतिकिलो न्यूनतम रु. २० र अधिकतम रु. ३० मा उपलब्ध छ भने गोलभेडा सानो (लोकल) प्रतिकिलो रु. २५ देखि रु. ३५ सम्ममा बिक्री भइरहेको छ।

 गोलभेडा ठूलो (नेपाली) को मूल्य प्रतिकिलो रु. ८० देखि रु. ९० तोकिएको छ। आलु रातो (भारतीय) प्रतिकिलो रु. २८–३१ मा किन्न सकिन्छ भने आलु रातो (मुडे) को मूल्य प्रतिकिलो रु. ४४–४६ छ।

तरकारीतर्फ सिताके च्याउ प्रतिकिलो रु. ९०० देखि १,००० मा बिक्री हुने गरी मूल्य तोकिएको छ। यसैगरी पार्सलेको मूल्य प्रतिकिलो रु. १,२०० देखि १,४०० तोकिएको छ। जुन सबैभन्दा महँगो मूल्य हो । 

फलफूलतर्फ मेवा (नेपाली) प्रतिकिलो रु. ४०–५० मै पाइनेछ भने स्याउ (फूजी) प्रतिकिलो रु. ३००–३५० मा बिक्री हुनेछ। अनारको मूल्य प्रतिकिलो रु. ३२०–३६० तोकिएको छ।

त्यस्तै केरा दर्जनको रु. १३५ देखि रु. १४५ मा पाइन्छ। कागती प्रतिकिलो रु. १३०–१७०, किवि प्रतिकिलो रु. ३४०–३६०, र आभोकाडो प्रतिकिलो रु. २८०–३०० तोकिएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्