
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उड्ने कारमा चढेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी 'नाडा अटो शो'को अवलोकनका क्रममा बुधबार प्रचण्डले उड्ने कार चढेका हुन् ।
नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म प्रदर्शनीमा राखिएको छ ।
'नाडा अटो शो' मा प्रचण्डलाई रोबर्टले स्वागत गरेको थियो ।
