
भारतले लिपुलेकमाथि नेपालको क्षेत्रीय दाबीलाई अस्वीकार गरेको छ । नेपालले गरेको दाबी औचित्यपूर्ण र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको भारतको जिकिर छ ।
बाँकी सीमा समस्या समाधानका लागि भने रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । 'हामीले लिपुलेक पासमार्फत भारत र चीनबीचको सीमा व्यापार पुनः शुरू गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयले गरेको टिप्पणीलाई नोट गरेका छौं,' विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भारत र चीनबीच लिपुलेक पासमार्फतको सीमा व्यापार सन् १९५४ मा शुरू भएको थियो । यो दशकौँदेखि चलिरहेको छ । कोभिड र अन्य घटनाक्रमका कारण हालैका वर्षहरूमा यो व्यापार अवरुद्ध भएको थियो । अब दुवै पक्षले यसलाई पुनः शुरू गर्न सहमत भएका छन् । क्षेत्रीय दाबीहरू नाजायज ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । भारत नेपालसँग सहमति भएका बाँकी सीमा समस्याहरू संवाद र कूटनीतिमार्फत समाधान गर्न रचनात्मक अन्तरक्रियाका लागि खुला छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणका क्रममा मंगलबार दुई देशबीच लिपुलेक पासमार्फत सीमा व्यापार पुनः खोल्ने सहमति भएको थियो ।
Our response to media queries regarding comments made by Nepal on border issue⬇️
— Randhir Jaiswal (@MEAIndia) August 20, 2025
🔗 https://t.co/0I3Es5UUfP pic.twitter.com/nxqFJtudGH