११ असार २०८३, बिहीबार

मोर्चाले भन्यो- गौर हत्याकाण्डमा एकपक्षीय कारबाही स्वीकार्य हुँदैन

भदौ ५, २०८२
काठमाडौं
मोर्चाले भन्यो- गौर हत्याकाण्डमा एकपक्षीय कारबाही स्वीकार्य हुँदैन

सङ्घीय लोकतान्त्रिक मोर्चाले गौर घटना सम्बन्धी सर्वोच्च अदालतको हालसालैको परमादेशबारे ध्यानाकर्षण भएको बताउँदै निष्पक्ष र तटस्थ छानबिनलाई समर्थन गर्ने तर राजनीतिक प्रतिशोधको मानसिकतामा आधारित एकपक्षीय कारबाही स्वीकार्य नहुने चेतावनी दिएको छ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बुधबार राजधानीको थापागाउँमा बसेको मोर्चाको बैठकले २०६३ सालको गौर घटनाबारे गठित विभिन्न आयोगका प्रतिवेदन अझै सार्वजनिक नभएको स्मरण गराउँदै तथ्यमा आधारित निष्कर्ष निकालिनुपर्ने आवश्यकता औंल्याएको छ। 

मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगले तीन वर्षअघि सार्वजनिक गरेको प्रतिवेदनमा जिम्मेवार निकायको हेलचक्राइ र घटनाको वास्तविक कारण प्रस्ट भएको भन्दै त्यसलाई आधार बनाएर छानबिन गर्नुपर्नेमा जोड दिएको छ।

त्यसैगरी बैठकले रूपन्देही क्षेत्र नं. ३ को आगामी उपनिर्वाचनमा उम्मेदवार निश्चित गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई  जिम्मेवारी दिइएको छ। प्रचार–प्रसार र निर्वाचन परिचालनको जिम्मेवारी मोर्चाको सचिवालयलाई दिइएको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्