२९ जेठ २०८३, शुक्रबार

लिग्स कप फुटबल : मेसीको अनुपस्थितिमा स्वारेजले इन्टर मियामीलाई सेमिफाइनलमा पुर्‍याए

भदौ ५, २०८२
काठमाडौं
लिग्स कप फुटबल : मेसीको अनुपस्थितिमा स्वारेजले इन्टर मियामीलाई सेमिफाइनलमा पुर्‍याए

स्टार खेलाडी लियोनल मेसीबिना नै मैदानमा ओर्लिएको इन्टर मियामी क्वार्टरफाइनल खेलमा जीत हात पार्दै लिग्स कपको सेमिफाइनलमा पुगेको छ ।

इन्टर मियामीले बिहीबार बिहान सम्पन्न लिग्स कपको क्वार्टरफाइनल खेलमा बलियो मेक्सिकन प्रतिद्वन्द्वी क्लब टिग्रेसमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जीत हासिल गर्‍यो ।

उक्त खेलमा अर्जेन्टिनी स्टार मेसी मैदानमा ओर्लिएका थिएनन् । उनी घाइते भएका कारण टोलीबाट बाहिरिएका हुन् । उनले मैदान बाहिरबाट टोलीको खेल हेरेका थिए ।

इन्टर मियामीका लागि दुवै टोलीका प्रभावशाली खेलाडी लुइस स्वारेजले गरेका थिए । उरुग्वेका ३८ वर्षीय स्ट्राइकर स्वारेजले खेल शुरू भएको २३औँ मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए ।

सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी १–० ले अगाडि रह्यो । निर्धारित समयको ६७औँ मिनेटमा क्लब टिग्रेसका लागि एन्जल कोरिआले जवाफी गोल गरेका थिए ।

त्यसपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा निर्धारित सयम सकिनुभन्दा एक मिनेटअघि इन्टर मियामीले पेनाल्टी प्रहारको अवसर पायो । सोही अवसरलाई सदूपयोग गर्दै स्वारेजले नै टोलीका लागि दोस्रो गोल थपेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्