०७ असार २०८३, आइतबार

सिरहामा सत्तरी लाख खर्चेर खनियो ‘डिप बोरिङ’

भदौ ५, २०८२
सिरहा
सिरहामा सत्तरी लाख खर्चेर खनियो ‘डिप बोरिङ’

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ सिरहाको गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । 

साथै, १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा  सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे ।

त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म छ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्