३१ जेठ २०८३, आइतबार

रविको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख रुपैयाँ सहयोग संकलन

भदौ ५, २०८२
काठमाडौं
रविको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख रुपैयाँ सहयोग संकलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर संकलन भएको छ। यस्तै, ६५ लाख रुपैयाँ सहयोग संकलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार यो आँकडा बिहीबारसम्मको हो ।

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको यात्रामा निस्किएको उनले जानकारी दिए । 

देश यात्रा बुधबारबाट सुदूरपश्चिमको कञ्चनपुरबाट शुरू भएको हो । राजनीतिक प्रतिशोध गरेर रविलाई थुनिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । 

सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा रास्वपा सभापति रवि कारागारमा रहेका छन् ।

लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्