![राजसंस्था पुनर्स्थापनाका लागि गणतन्त्र र संघीयता विरोधीको मोर्चा बनाउँछु– धवल शमशेर [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Dhawal_Shamsher_Rana_Ao0t8Ewt5I.jpg)
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनमा हिंसा भड्काउने काम गरेको भन्दै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवल शमशेर जबरा २ महिना प्रहरी हिरासतमा बसेर जेठ १५ गते रिहा भए ।
चैत १५ गतेपछि राजावादी आन्दोलन शिथिल भए पनि पूर्वपञ्चको पार्टी राप्रपा भने विवादमा बल्झिएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई राप्रपा अनुशासन आयोगको संयोजकबाट हटाइएपछि राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलबीचको विवाद सहतमा आयो ।
महामन्त्री राणा यो विवाद राजसंस्था पुनर्स्थापनाको आन्दोलन र राप्रपाको महाधिवेशनसँग जोडिएको बताउँछन् ।
आगामी महाधिवेशनमा राप्रपाको अध्यक्षमा उठ्ने तयारी गरेका राणा आफू अध्यक्ष बनेमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई नयाँ शिरामा पुर्याउने दाबी गर्छन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग संवादमा रहेका धवल शमशेरले राजसंस्था पुनर्स्थापनाका लागि गणतन्त्र र संघीयता विरोधी राष्ट्रभक्तको मोर्चा बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग के कुराकानी भयो ? दुर्गा प्रसाइँले लगाएको आरोप र राजेन्द्र लिङदेनसँगको विवादबारे राप्रपा महामन्त्री राणासँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :