२८ जेठ २०८३, बिहीबार

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

भदौ ५, २०८२
काठमाडौं
सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

सामसङले आफ्नो प्रमुख सीएसआर पहल सामसङ इनोभेसन क्याम्पस अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा. दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्राडा. सुशील बी. बज्राचार्यको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । अब नयाँ ब्याचको एआई र बिग डाटा तालिम शुरू हुने सामसङले जनाएको छ ।

सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक जयन्त मणि कायस्थले कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच पूरा भएकोमा खुशी व्यक्त गर्दै सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सीपले सशक्त बनाउँदै आएको बताए । उनले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एआई, बिग डाटा र आईओटीको तालिमलाई अझ सुदृढ बनाइने उल्लेख गरे ।

डिसेम्बर २०२२ मा शुरू भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई एआई, बिग डाटा र आईओटी र कोडिङ–प्रोग्रामिङमा तालिम दिँदै आएको छ। विद्यार्थी छनोट एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङ ज्ञानका आधारमा हुने गर्छ ।

null

इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्राडा. सुशील बी बज्राचार्यले नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए । उनले कोडिङ र प्रोग्रामिङ कोर्सलाई पाएको प्रशंसा र विद्यार्थीहरूको लागि प्रविधि सिकाइ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममार्फत विद्यार्थीहरूले प्राविधिक सीपसँगै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किल्स पनि सिक्नेछन् । उनीहरूले एआई, बिग डाटा र आईओटी कोडिङ–प्रोग्रामिङ र आईओटी प्रयोग गरी सामाजिक महत्वका परियोजनामा काम गर्ने सुविधा पाउनेछन्, जसले वास्तविक चुनौतीहरूको समाधानमा योगदान पुर्‍याउनेछ ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले टेलिभिजन, स्मार्टफोन, वेयरेबल्स, ट्याब्लेट, गृह उपकरण, नेटवर्किङ, मेमोरी, सिस्टम एलएसआई, फाउन्ड्री, चिकित्सा इमेजिङ, एचभीएसी, रोबोटिक्स र अटोमोटिभ अडियो उत्पादनलगायत क्षेत्रमा नवीनतम् प्रविधिमार्फत नयाँ मानक स्थापित गर्दै आएको छ । 

कम्पनीले स्मार्ट थिङ्स इकोसिस्टम र एआईको एकीकरणमार्फत सहज र बुद्धिमानी जडान अनुभव प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्