२३ असार २०८३, मंगलबार

फर्निचर उद्योगमा आगलागी, एक करोड बराबरको धनमाल जलेर नष्ट

मंसिर २६, २०७४
फर्निचर उद्योगमा आगलागी, एक करोड बराबरको धनमाल जलेर नष्ट

काठमाडौं, २६ मंसिर –  टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । 

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारीदिए ।

salt training

कमेन्ट गर्नुहोस्