२८ जेठ २०८३, बिहीबार
विद्युत् व्यापारमा नयाँ उपलब्धि

बढ्दै नेपालको विद्युत् निर्यात, भारतले दियो थप ८० मेगावाट बेच्न स्वीकृति

भदौ ६, २०८२
काठमाडौं
बढ्दै नेपालको विद्युत् निर्यात, भारतले दियो थप ८० मेगावाट बेच्न स्वीकृति

नेपालले भारतलाई निर्यात गर्न पाउने विद्युत क्षमतामा फेरि ८० मेगावाट थपिएको छ । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् खरिद गर्ने सहमति जनाएसँगै नेपाल–भारत विद्युत् व्यापारमा थप सहजता आएको हो । 

यसअघि भारतले नेपालबाट १,०१०.९ मेगावाट विद्युत् खरिदको अनुमति दिइसकेको थियो । पछिल्लो सहमतिपछि कुल निर्यात क्षमता १,०९०.९ मेगावाट पुगेको छ । 

साथै, बंगलादेशलाई निर्यात गर्न स्वीकृत ४० मेगावाट समेत जोड्दा नेपालको कुल विद्युत् निर्यात स्वीकृति १,१३०.९ मेगावाट पुगेको हो ।

सरकारी स्रोतका अनुसार भारतले यसअघि श्रावण २६ गते २०० मेगावाट विद्युत् निर्यातको स्वीकृति दिएको थियो । त्यस्तै, बिहीवार थप ८० मेगावाट विद्युत् निर्यातको स्वीकृति दिएको हो । 

यो अनुमति दोहोरो सम्झौताअन्तर्गत मध्यम अवधिको लागि दिइएको हो, जसअनुसार निर्यात अवधि सन् २०२५ अगस्ट २१ देखि सन् २०२६ अक्टोबर ३१ सम्म रहनेछ ।

भारतले स्वीकृति दिएको ८० मेगावाट मध्ये ४८.५ मेगावाट मेवा खोला जलविद्युत् आयोजना र ३१.०४ मेगावाट करुवा सेती हाइड्रोपावर आयोजना अन्तर्गत पर्दछ । यी परियोजनाबाट उत्पादित विद्युत् भारतको विद्युत् बजारमा निर्यात गरिनेछ ।

विद्युत् निर्यात क्षमतामा निरन्तर भइरहेको विस्तारलाई नेपालका ऊर्जा विज्ञहरूले सकारात्मक संकेतका रूपमा लिएका छन् । 

उनका अनुसार यसले नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने र आन्तरिक मागभन्दा बढी उत्पादनलाई वैदेशिक बजारमा उपयोग गर्न सकिने अवसर प्रदान गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्