
काठमाडौं, २६ मंसिर — धेरै देशहरूमा सार्वजनिक स्थानमा चुम्बन गर्न रोकटोक गरिँदैन । डेनमार्क लगायतका देशमा विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ बनाइएको छ ।
अचम्मको कुरा त यहाँ किस गर्नका लागि समय पनि निर्धारण गरिएको छ । तीन मिनेटभन्दा बढी किस गर्न पाइँदैन ।
विमानस्थल अधिकारीहरूले विमानयात्रु र उनीहरूलाई त्यहाँ छोड्न आउने आफन्तबीचको क्षण महत्त्वपूर्ण हुने अनुभव गरे । तर विमानस्थलमा धेरै प्रेमीहरू लामो समयसम्म किस गरिबसे । अनि विमानस्थलमा भीडभाड भयो । किस गर्ने सुरमा धेरैले विमानै छुटाए ।
त्यसैले कोपनहेगन, सिंगापुर, हङकङ, बाली, रोम, पेरिस, लस एन्जेलस र सान फ्रान्सिस्को विमानस्थलमा किस जोन बनाइएको छ । धेरै विमानस्थलमा किसिङ जोन नाम नदिएर मीट एन्ड फ्लाई जोन नाम पनि दिइएको छ ।
डेनमार्कको आल्बोर्ग विमानस्थलमा सन् २०११ मा किसिङ जोन बनाइएको थियो । तर मानिसले त्यसको दुरुपयोग गरे । त्यसपछि विमानस्थल अधिकारीहरूले किस गर्ने समय निर्धारित गरे । तीन मिनेटभन्दा बढी त्यहाँ चुम्माचाटी गर्न पाइँदैन ।
एजेन्सी