
काठमाडौं, २६ मंसिर – कुनै बेलाका चर्चित अभिनेता दिलिप रायमाझी आजभोलि खासै चर्चामा छैनन् । अमेरिका बसाइँपछि नेपाल फर्किएका रायमाझी अभिनित चलचित्र ‘गोरे’ का दुई गीत एकसाथ रिलिज भएका छन् ।
रामेश कुमार राईले निर्देशन गरेको फिल्म गोरेमा दिलिप रायमाझी र अनु शाहको मुख्य भूमिका छ । रिलिज गरिएका दुई गीतमा गाउँले परिवेशलाई समेटिएको छ ।
रुपा जिसीले निर्माण गरेको फिल्ममा सुर्य जिसी प्रस्तुतकर्ता रहेका छन् । फिल्मलाई हरि नारायण चौधरीले खिचेका हुन् ।