२७ असार २०८३, शनिबार

बैतडीमा पहिरोले एक घर पुरियो

भदौ ७, २०८२
बैतडी
बैतडीमा पहिरोले एक घर पुरियो
फाइल तस्वीर ।

बैतडीको पुर्चौडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ ।

अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए ।

उनका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको छैन ।

पहिरोका कारण बोहराको गोठमा बाँधिएको एउटा भैँसी, एउटा पाडो र एउटा बाख्रो पुरिएका प्रहरी निरीक्षक बडुले बताए । उनका अनुसार घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएका छन् । 

अहिले घटनास्थलमा खटिएको प्रहरीको टोली र स्थानीयले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिए ।

घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसिरहेका छन् ।     
 

salt training

कमेन्ट गर्नुहोस्