०९ असार २०८३, मंगलबार

गुडिरहेको टिपरमा एकाएक आगलागी, करिब १९ लाखको क्षति

भदौ ८, २०८२
उदयपुर
गुडिरहेको टिपरमा एकाएक आगलागी, करिब १९ लाखको क्षति

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गुडिरहेको टिपरमा एकाएक आगलागी हुँदा करिब १९ लाख रुपैयाँको क्षति भएको छ ।

दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा शनिबार राति ११:४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी र दमकलको सहयोगमा राति १२:५० बजे आगो नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्