१२ असार २०८३, शुक्रबार

स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

भदौ ८, २०८२
काठमाडौं
स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ ठाडोलाइनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाडोलाइन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-१ रंगपुर घर भएका २५ वर्षीय अरूण कुमार चौधरी रहेका छन् ।

उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुतलीबजार नगरपालिका-९ कोल्मास्थित इन्टरनेटको काम गर्दा बिजुलीको पोलमा भर्‍याङ लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल पुतलीबजारमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्