×

NMB BANK
NIC ASIA

वाम गठबन्धनको बहुमत : स्थिर सरकार बन्ने कुराले निजी क्षेत्र उत्साहित

मंसिर २६, २०७४

NTC
Premier Steels

काठमाडौं, २६ मंसिर– मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा वामपन्थी गठबन्धनले प्रत्यक्षतर्फ स्पष्ट बहुमत आफ्नो पक्षमा पारेको छ । निर्वाचन परिणामले आगामी पाँच वर्ष मुलुकमा वामपन्थी गठबन्धनको सरकार बन्ने लगभग पक्का भएको छ ।  

Muktinath Bank

लामो समय राजनीतिक अस्थिरतामा रुमिल्लिएको नेपाली राजनीति स्थिर बन्ने भन्दै यतिबेला सबैतिर उत्साह देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्थिर राजनीतिकै कारण धरासायी बनेको नेपाली अर्थतन्त्रसमेत अब समृद्धि उन्मुख हुने भन्दै निजी क्षेत्र आशावादी बनेको छ । 


Advertisment
Nabil box
Kumari

विकास र समृद्धिका पाएको जनादेश अब राजनीतिक दलहरुले मान्न सके साँच्चिकै देश समृद्ध हुन समय नलाग्नेमा उद्योगीहरु विश्वस्त छन् ।  

Vianet communication

उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष  सुरज बैद्यले स्थायी सरकार नभएकै कारण नेपालको निजी क्षेत्र पनि अस्थिरतामा ढुल्मुलिरहेको बताए । ‘जनताले स्थायित्व र सम्बृद्धिका लागि आदेश दिएका हुन्, यसको अर्थ अधिकांश नेपाली कम्न्युनिट बनेका हैनन्, जनतामा छरेका आश्वासन पूरा गर्न आगामी सरकार लागेमा सम्बृद्धि खोज्न टाढा जानुपर्दैन’ बैद्यले लोकान्तरसँग भने । 

अर्का उद्योगी किशोर कुमार प्रधानले बहुमत ल्याए हामी केही गर्छौ भनेको हुँदा जनताले वामपन्थी गठबन्धनको परीक्षा लिएको बताउँदै अब बहुमत पाएका दलहरुले आफ्नो दायित्व पूरा गर्ने बेला आएको बताए । 

लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘नेपाली जनताले दिएको मत आर्थिक विकासकै लागि हो, राजनीतिलाई आर्थिक दिशाउन्मुख गराउन सक्नुपर्छ, अहिले भइरहेको भ्रष्टाचार जरैदेखि उखेल्नुपर्छ, निजी क्षेत्रका लागि काम गर्ने, वातावरण लगानीको वातावरण बनाउनुपर्छ ।’

निजी क्षेत्र राजनीतिक व्यवहारसँग डराउने गरेको बताउँदै प्रधानले थपे, ‘हामीलाई सधैं राजनीतिक व्यवहारको डर भइरहन्छ, निजी क्षेत्रले सहज रुपमा काम गर्ने वातावरण सृजना नगर्ने, आफूअनुकूल प्रयोग गरिरहने प्रवृत्ति समेत अन्त्य हुनुपर्छ, आशावादी छौं यो कुरा आगामी बन्ने सरकारका लिडरहरुले बुझ्नेछन् ।’

बामपन्थी सरकार बन्दैमा अर्थतन्त्रमा नकारात्मक प्रभाव नपर्ने व्यबसायीहरु बताउँछन् । ‘कसको बहुमत आयो कसको सरकार बन्छ भन्ने भन्दा पनि स्थायित्व आओस् र हामीलाई काम गर्ने र गराउने वातावरण सहज होस्,’ उद्योगी तेजरत्न शाक्यले लोकान्तरसँग भने ‘अब स्थायी सरकार बनेर केही नीतिगत सुधार गरिदिएर काम गर्ने वातवारण सृजना होस्, आर्थिक सम्बृद्धि हामी गर्छौ ।’

पर्यटन उद्योगी अशोक चन्दले पनि राजनीतिक स्थिरताले आर्थिक सम्बृद्धि हुनेमा आफूहरु आशावादी रहेको बताए । ‘हामीलाई चाहिएकै स्थायी सरकार हो, त्यसैमा पनि लामो राजनीतिक अस्थिरताका कारण राजनीतिक दलहरुले पनि आर्थिक विकास विना देश अगाडि बढ्न नसक्ने कुरा बुझिसकेका छन्, त्यसैले पनि अब नेपाली राजनीति आर्थिक विकासको दिशामा उन्मुख होला भन्ने विश्वास गर्न सकिन्छ,’ उनले भने । 

प्रतिनिधिसभामा अहिलेसम्मको सार्बजनिक भएको अन्तिम मतपरिणाममा वामपन्थी गठबन्धनले मंगलवार दिउँसो सम्म १ सय १४ सिट ल्याउँदै पार्दै प्रत्यक्षतर्फ स्पष्ट बहुमत आफ्नो पक्षमा पारेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अब ६ सिटको नतिजा आउन बाँकी छ । 

गत मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने १ सय १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । दुवै गरी प्रतिनधिसभामा कूल २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् ।  

समानुपातिक र प्रत्यक्षमा गरी प्रतिनिधिसभामा दुई तिहाइ ल्याउन संसदमा वामपन्थी गठबन्धनका १ सय ८४ जना सांसद निर्वाचित हुनुपर्नेछ । बामपन्थी गठबन्धनले आफ्नो चुनावी घोषणापत्र मार्फत राजनीतिक स्थायित्व र आर्थिक समृद्धि आफूहरुको मुख्य एजेण्डा रहेको बताएका थिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x