२८ जेठ २०८३, बिहीबार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

भदौ ९, २०८२
काठमाडौं
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

सुर्खेतमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका- २ भुरेली बस्ने ७८ वर्षीया नन्दा तिमिल्सिनाको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्