
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज सोमबार बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । सामान्यतया: सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने अभ्यास छ ।
सोमबारको बैठकमा सरकारका नियमित काम कारबाहीको समीक्षा र केही प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ ।