०४ साउन २०८३, सोमबार

राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ- गगन थापा

भदौ ९, २०८२
काठमाडौं
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्त्वाकांक्षाबाट मुक्त हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उनले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए ।

‘विसं २०८४ मा मेरो पालो आउला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ’, उनले भने, ‘डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्त्वाकांक्षी धेरै राख्नु हुँदैन ।’

नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गरे । 

कवि शाहीले आफ्नो मुक्तक सङ्ग्रहमा जीवनका विविध आयाम, संघर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्