
सर्लाही, २६ मंसिर– सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सिंह २९ हजार ६ सय ७५ मत प्राप्द गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका रोकेश कुमार मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गरे ।