२२ असार २०८३, सोमबार

जिउँदै जलाइएकी निक्की हत्या प्रकरणमा नयाँ खुलासा !

भदौ ९, २०८२
काठमाडौं
जिउँदै जलाइएकी निक्की हत्या प्रकरणमा नयाँ खुलासा !

भारत उत्तर प्रदेशको ग्रेटर नोएडाको कासना कोतवाली क्षेत्रमा भएको निक्की हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ ।

घरमा पत्नी निक्कीले बुटिक सञ्चालन गर्नु र भाउजू कञ्चनले ब्युटी पार्लर चलाउनुमा विपिन असन्तुष्ट थिए । साथै, दुवै दिदीबहिनी सामाजिक सञ्जाल (इन्स्टाग्राम) सक्रिय रहनु पनि उसलाई मन परेको थिएन । यही कारणले विपिन प्रायः निक्कीसँग झगडा गर्थे ।

विपिन फरार भएपछि प्रहरीले उनका आफन्तलाई सोधपुछका लागि कोतवाली बोलाएको थियो । 

खानपुर गाउँका सोनू भाटीका अनुसार विपिन उनको टाढाको भतिजो पर्छन् । परिवार आर्थिक रूपमा सक्षम थियो । विपिनको ठूलो दाजु रोहितले कम्पनीमा गाडी चलाउँछन् भने विपिन बाबुसँग पसलमा बस्छन् ।

झगडाको मूल कारण निक्कीले बुटिक खोल्नु नै थियो । विपिनकी आमा दया र विपिनले निक्कीलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन गत वर्षको हो । त्यसपछि पञ्चायत बसेर सम्झौता गरिए पनि पुनः विवाद दोहोरिएको थियो ।

दिदी कञ्चनको इन्स्टाग्राममा ४९.५ हजार फलोअर

निक्कीकी दिदी कञ्चन मेकअप आर्टिस्ट हुन् । उनले माइती घरकै दोस्रो तलामा ब्युटी पार्लर सञ्चालन गर्छिन् । उनले ‘कञ्चन मेकओभर’ नामक इन्स्टाग्राम अकाउन्ट चलाउँछिन् जसमा करिब ५० हजार फलोअर छन् ।

घटनापछि उनले निक्कीलाई श्रीमान् विपिन र सासुआमाले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन् । उक्त भिडियो भाइरल भएको थियो । उनले निक्की जलिरहेको भिडियो पनि राखेकी थिइन् तर सामाजिक सञ्जालको नीतिअनुसार मेटाइएको थियो ।

कञ्चनले निरन्तर दिदीको हक अधिकारका लागि सामाजिक सञ्जालमा आवाज उठाइरहेकी छन् । परिवारका अनुसार निक्की र कञ्चन दुवै इन्स्टाग्राममा सक्रिय थिए । निक्कीको व्यक्तिगत अकाउन्टमा कम फलोअर भएका कारण उनी पनि कञ्चनकै अकाउन्ट प्रयोग गर्थिन् ।

अशोभनीय टिप्पणी र विवाद

सोनू भाटीका अनुसार दुवै दिदीबहिनी सामाजिक सञ्जाल प्रयोग गर्दा कतिपयले अशोभनीय टिप्पणी गर्थे । दुवैलाई रील बनाउन मन पर्थ्यो र त्यसैले नियमित भिडियो तथा तस्वीर पोस्ट गर्ने गर्थे । यी टिप्पणीकै कारण पनि घरमा विवाद हुन्थ्यो ।

त्यसैक्रममा निक्कीका दाजुको विवाह पाली पल्ली गाउँमा भएको थियो । उनले अर्को समुदायकी युवतीलाई रोजेर पत्नीलाई छोडेका थिए । विपिनका बाबुले त्यसमा ३५ लाख रूपैयाँमा सम्झौता गराएका थिए । यही पैसाको विषयमा पनि घरमा विवाद चलिरहेको थियो ।

उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्लाको ग्रेटर नोएडाको सिरसा गाउँमा दाइजो माग्ने नाममा विवाहिता निक्कीको हत्या भएको आरोप छ । ससुरालीले निक्कीलाई कुटपिट गरेर ज्वलनशील पदार्थ खन्याएर जलाइदिएको बताइएको छ । गम्भीर घाइते भएकी निक्कीलाई दिदी कञ्चनले छिमेकीको सहयोगमा अस्पताल पुर्‍याइन् तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

निक्कीका बुबा भीकारी सिंहका अनुसार छोरीहरू कञ्चन (२९) र निक्की (२७) को विवाह २०१६ मा सिरसाका दाजुभाइ रोहित र विपिनसँग भएको थियो । विवाहमा स्कार्पियो गाडी र अरू सम्पत्ति दिएको भए पनि विवाहपछि नै ३५ लाख रूपैयाँ अतिरिक्त दाइजो माग शुरू भएको थियो ।

विपिन, उनका दाजु रोहित, सासूआमा दया र ससुरा सत्यवीरले निरन्तर अतिरिक्त दाइजो माग्दै दुवै दिदीबहिनीलाई प्रताडित गरेका थिए । परिवारले मागअनुसार एउटा बुलेट मोटरसाइकल पनि दिएका थिए तर कुटपिट रोकिएको थिएन । पञ्चायत बसेर सम्झौता भए पनि आरोपितहरूले स्वीकार गरेनन् ।

दिदी कञ्चनका अनुसार बिहीबार साँझ करिब ५:३० बजे सासूआमा दया र श्रीमान् विपिनले मिलेर निक्कीमाथि आक्रमण गरे । दयाले ज्वलनशील पदार्थ विपिनलाई दिइन् र विपिनले निक्कीमाथि खन्याए । त्यसपछि गला थिच्दै कुटपिट गरियो र जिउँदै जलाइयो ।

कञ्चनले बचाउने प्रयास गरिन् तर उनलाई समेत कुटपिट गरियो । उनले सो दृश्यको भिडियो खिचेकी थिइन् । निक्कीलाई फोर्टिस र पछि दिल्लीको सफदरजंग अस्पताल लगियो तर उनको ज्यान जोगिएन ।

घटनाको बेला रोहित र सत्यवीर पनि उपस्थित रहेको आरोप छ । कञ्चनको उजुरीपछि प्रहरीले चारै जना- श्रीमान् विपिन, सासूआमा दया, दाजु रोहित र ससुरा सत्यवीरलाई पक्राउ गरी हत्या मुद्दा दर्ता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्