०८ साउन २०८३, शुक्रबार

मुहानमा पहिरो गएपछि खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प

भदौ १०, २०८२
संखुवासभा
मुहानमा पहिरो गएपछि खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प

खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिरोका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठूलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा ठप्प भएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालले जानकारी दिए । उनका अनुसार तत्कालै इन्टेक सफा गरिएको भए पनि ठूलो मात्रामा जम्मा भएको हिलो र फोहर हटाउन समय लागेकाले खानेपानी वितरण शुरू नभएको हो । 

आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका छन् । दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धारामा निर्भर भएका छन् । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्