०७ असार २०८३, आइतबार

सुप्रिया र मायालाई ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि

भदौ १०, २०८२
काठमाडौं
सुप्रिया र मायालाई ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन् । सोमबार नेपाल पुलिस क्लबमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरू उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । 

पूर्वअर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले भए । 

त्यस्तै, मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेतामा नन्द गुरुङ भए । विजेता, उपविजेता र अन्य विजेताहरूले उपाधिसहित विभिन्न गिफ्ट ह्पापर र पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रमको निर्णयकमा वरिष्ठ अभिनेता सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, पूर्वडीआईजी डा. देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई रहेका थिए । 

null

एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गरेकी थिइन् । उनका अनुसार, यो संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ बढी व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ । साथै, नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो यो जहाँ सहभागी सबै महिलालाई फारम, प्रशिक्षण तथा आवश्यक सहयोग निःशुल्क प्रदान गरिएको थियो ।

‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य बोकेको उनको भनाइ थियो ।

शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन् र आदिवासी जनजाति तथा महिलाहरूको सशक्तीकरणमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्