२१ जेठ २०८३, बिहीबार

स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित १ जना पक्राउ

भदौ १०, २०८२
ललितपुर
स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित १ जना पक्राउ

ललितपुरबाट स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- ४ भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तान छन् । उनलाई स्रोत नखुलेको ९१ लाख ५० हजार रुपैयाँसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्