१५ असार २०८३, सोमबार

कावासोतीको सामुदायिक वन नजिकै गैँडाको मृत्यु, खाग र खुर सुरक्षित

भदौ १०, २०८२
नवलपुर
कावासोतीको सामुदायिक वन नजिकै गैँडाको मृत्यु, खाग र खुर सुरक्षित

नवलपरासीको कावासोती– १५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिकै एउटा गैँडाको मृत्यु भएको छ ।

सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथीको गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार, पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो । गैँडाको खाग र खुर सुरक्षित छ ।

पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार, सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।

salt training

कमेन्ट गर्नुहोस्