१० असार २०८३, बुधबार

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

भदौ १०, २०८२
काठमाडौं
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । 

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट ६ लाख लिई सम्पर्कविहीन भएका थिए ।

त्यसपछि पीडितको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौं महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्