
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा कूल ९२ लाख ४३ हजार २३२ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब १५ करोड ५३ लाख १५ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ को विन्दुमा बन्द भएको थियो ।
आज विकास हाइड्रोपावर कम्पनी, नेपाल रिपब्लिक मिडिया र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
कारोबारका आधारमा भने, नेपाल रिइन्स्योरेन्स कम्पनी ४८ करोड ९५ लाख ७८ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
मंगलबार बजार पुँजीकरण ४६ खर्ब २२ अर्ब रूपैयाँ बढी रहेको छ ।