२३ जेठ २०८३, शनिबार

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव नेपाल

भदौ १०, २०८२
काठमाडौं
उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् ।

उनी काठमाडौंको माइतीघर मण्डलमा जारी उखु किसानको धर्नामा पुगेर मंगलबार ऐक्यबद्धता जनाएका हुन् ।

यसअघि मंगलबार नै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई पनि धर्नामा पुगेका थिए । 

विभिन्न जिल्लाबाट आएका उखु किसानले गत आर्थिक वर्षको पाउनुपर्ने अनुदान रकम भुक्तानीको माग राख्दै ८ भदौदेखि माइतीघरमा धर्ना जारी राखेका छन् ।

उखु उत्पादक महासंघ संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल ७० रूपैयाँका दरले बक्यौता भुक्तानी गर्न माग गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा बिक्री भएको उखुको १ अर्ब ६० करोड तत्काल भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।

यसका साथै  मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुको अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएको कर खारेज गर्नुपर्ने लगायतका उनीहरूका माग छन् । 

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदान छुटाइएको समेत उखु किसानहरूको आपत्ति छ ।

salt training

कमेन्ट गर्नुहोस्