०७ असार २०८३, आइतबार

मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता

भदौ १०, २०८२
काठमाडौं
मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्वदेश फिर्ता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । 

मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । 

यही भदौ ६ गते उनी भ्रमणमा गएका थिए । त्यहाँ रहँदा उनले नेपाली समुदायसँग भेटघाट गर्नुका साथै आफ्नो निजी कार्यक्रममा सहभागिता जनाएका थिए । 

कमेन्ट गर्नुहोस्