३२ असार २०८३, बिहीबार

बजाज प्रिमियर लिग : मोटरसाइकल खरिदसँगै जीत र उपहारको उत्सव

भदौ ११, २०८२
काठमाडौं
बजाज प्रिमियर लिग : मोटरसाइकल खरिदसँगै जीत र उपहारको उत्सव

नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दशैं र तिहारजस्ता ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल) सार्वजनिक गरेको छ ।

सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग शुरू गरेको हो ।

यस क्याम्पेनको विशेषता भनेको हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङमा पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

क्याम्पेनका मुख्य आकर्षणहरू :

-       जति धेरै रन, त्यति धेरै पुरस्कार

-       सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार

-       Player of the Week बन्ने ग्राहकलाई १ लाख नगद

-       चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर

यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।

यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, 'नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि बीपीएलले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जीतको नयाँ अनुभव पनि दिलाउने छ ।'​​

त्यतिमात्रै होइन यस क्याम्पेनले मोबाइल गेम प्रेमीहरूलाई लक्षित गरेर मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरू जित्ने अवसर प्रदान गरेको छ ।

यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरू प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्