०३ साउन २०८३, आइतबार

एमाले केन्द्रीय सदस्य महर हाजिरी जमानीमा छुटे

भदौ ११, २०८२
काठमाडौं
एमाले केन्द्रीय सदस्य महर हाजिरी जमानीमा छुटे

चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर र उनकी श्रीमती हाजिरी जमानीमा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतबाट यही भदौ ९ गते पक्राउ पूर्जी जारी भएका महर दम्पती बुधबार आफैं प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका थिए ।  त्यसपछि उनीहरूलाई दिउँसो सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो । 

उनीहरूलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले लोकान्तरलाई जानकारी दिए । 

सरकारी वकिल कार्यालयको निर्देशनसँगै उनीहरू रिहा भइसकेका छन् । 

सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती गरेको भन्दै एक युवतीले महर दम्पतीविरुद्ध हुलाकमार्फत् साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । 

बझाङका स्थायी बासिन्दा महर एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन् । उनलाई एमालेले  २०७८ मंसिरमा केन्द्रीय सदस्य बनाएको थियो ।

यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका उनलाई एमालेको सचिवालय बैठकले पुन: केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्