
काठमाडौं, २७ मङ्सिर - प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले प्रदेशसभामा विजय हासिल गरेका छन् । एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, शेरधन राई, किरण गुरुङ, प्रकाश ज्वालासहित दर्जन नेता प्रदेशसभामा विजयी भएका छन् । भीम आचार्यको भने मतगणना जारी छ, राजधानी दैनिकमा खबर छ ।