३१ जेठ २०८३, आइतबार

एमालेले समानुपातिकमा ४५ सिट पाउने सम्भावना

मंसिर २७, २०७४
एमालेले समानुपातिकमा ४५ सिट पाउने सम्भावना

काठमाडौँ, २७ मङ्सिर- अहिलेसम्मको मतगणनाको रुझानअनुसार समानुपातिकमा एमालेले ४५ सिट पाउने स्थिति छ । प्रत्यक्षमा ८१ सिट पाएमा एमालेको प्रतिनिधिसभामा सिट १२६ पुग्नेछ । 
कुल सांसद संख्याको ३३ प्रतिशत महिला पुर्‍याउन एमालेले ४२ जना महिलालाई प्रतिनिधि बनाउनुपर्नेछ । प्रत्यक्षमा एमालेबाट दुईजना महिला निर्वाचित भएकाले समानुपातिकबाट ४० महिला उम्मेदवारले प्रतिनिधिसभामा स्थान पाउनेछन् । यसरी पाँच सिट मात्र पुरुषका लागि सुरक्षित हुनेछ । ३३ प्रतिशत अर्थात् कुल ४२ मध्ये खस–आर्यबाट ३१.२ प्रतिशत अर्थात् १३ जना महिलाले प्रतिनिधित्व पाउने हुन् । खस–आर्य समुदायका २ महिला प्रत्यक्षबाट निर्वाचित भएकाले अब सो समुदायका ११ जनाले मात्र समानुपातिकबाट प्रतिनिधित्व पाउनेछन् । त्यस्तै, आदिवासी जनजातिबाट १२ जना, थारूबाट ३ जना, दलितबाट ६ जना, मधेसीबाट ६ जना, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व हुनुपर्नेछ, नयाँ पत्रिकामा खबर छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्