१६ असार २०८३, मंगलबार

ड्युटी जाने बेला बेहोस् भई ढलेका असईको उपचारको क्रममा मृत्यु

भदौ १३, २०८२
ताप्लेजुङ
ड्युटी जाने बेला बेहोस् भई ढलेका असईको उपचारको क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।

आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । 

डीएसपी गौतमका अनुसार, बेहोस् भई ढलेका उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको हो ।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।

उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्