०४ असार २०८३, बिहीबार

भारतमा पहिरोमा परेर चार नेपाली बेपत्ता

भदौ १३, २०८२
काठमाडौं
भारतमा पहिरोमा परेर चार नेपाली बेपत्ता

भारतको उत्तराखण्डमा लगातारको अविरल वर्षा पूर्वी बांगर क्षेत्रमा पहिरोका कारण ठूलो क्षति भएको छ।

शुक्रबार बिहान मुसलधारे वर्षापछि आएको लेदोमिश्रित बाढीले छेनागाड क्षेत्रको एक गाउँमा १५ भन्दा बढी घर तथा पसल बगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा कम्तीमा ८ जना बेपत्ता भएका छन्, जसमा चार जना नेपाली र एक वनकर्मीसमेत छन्।

सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न निकै कठिन भएको बताइएको छ। सो क्षेत्रमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको र क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्