
सुख्खा पहिरोले पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ-१० स्थित सडक अवरुद्ध भएको छ ।
सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारी साधन बाटोमै रोकिएका छन् ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।