०५ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

भदौ १४, २०८२
काठमाडौं
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

 लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएकामा आज निधन भएको जानकारी दिए । 

उनको अस्पतालमा एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो । पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकामा दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिए पनि उपचारकै क्रममा निधन भएको खड्काले बताए । 

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्