१४ असार २०८३, आइतबार

थ्रेस होल्ड नकटाउने दलले पाएको मत के हुन्छ ?

मंसिर २७, २०७४
थ्रेस होल्ड नकटाउने दलले पाएको मत के हुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मतगणना जारी छ । प्रत्यक्षमा जस्तै समानुपातिक मतगणनामा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ । 

नयाँ व्यवस्था अनुसार प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत कुल सदर मतको न्यूनतम तीन प्रतिशत मत पाउने राजनीतिक दलमात्रै समानुपातिक सिटमा प्रतिनिधित्व हुने छ । प्रदेश सभामा भने थ्रेसहोल्डको सीमा १ दशमलव ५ प्रतिसत कायम गरिएको छ । 

यसअघिको निर्वाचनमा समानुपातिकमा आएको मतको आधारमा मात्र संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या आधा दर्जनभन्दा बढी थिए । प्रत्यक्षमा एक सिटपनि नजितेको राप्रपा नेपाल संविधानसभामा चौथो ठूलो शक्ति थियो ।  

निर्वाचन आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । 

तीन प्रतिशत नकटाउनेको के हन्छ ?

बुधवार बिहानसम्मको मतगणना अपडेट अनुसार प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तथा संघीय समाजवादी फोरमले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । 

१९ लाख मतसहित नेकपा एमाले र १८ लाख मत सहित कांग्रेस दोस्रो स्थानमा छ । माओवादीले ७ लाख मत पाएको छ । 
राप्रपा र मधेस केन्द्रित राजपाले पनि थ्रेसहोल्डको सीमा कटाउन कसरत गरिरहेका छन् ।

समानुपातिक तर्फवाट संसदमा पुग्ने आशमा रहेको विवेकशील साझा र नयाँ शक्ति पार्टी नेपालले थ्रेसहोल्डको सीमा कटाउन मुस्किल पर्ने देखिएको छ । तीन प्रतिशत मत कटाउन नसक्ने दलको मत भने खेर जानेछ । त्यसको लाभ ठूला दललाई जानेछ । 

निर्वाचनमा १ करोड ५ लाख हाराहारिमा भोट खसेकोले बदर मत कटाउदा तीन लाख हाराहारिमा भोट पाउने दल समानुपातिकबाट संसदमा पुग्छ । तीन प्रतिशत मत ल्याउले दलका तर्फबाट ४ जना समानुपातिकबाट संसदमा पूगने सम्भावना रहन्छ । 

अहिलेसम्मको मतगणनाको ट्रेण्ड कायम रह्यो भने ५ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने छन् । राष्ट्रिय दलको मान्यताका लागि प्रत्यक्ष तर्फ न्युनतम पनि एकसिट र समानुपतिक तर्फबाट तीन प्रतिशत भोट ल्याउनु पने संवैधानिक बाध्यता छ । 

राष्ट्रिय दलको मान्यता प्राप्त दललाई मात्र संसद सचिवालयले संसदीय दलको कार्यालय लगायतका सुविधा प्रदान गर्ने गर्दछ । प्रत्यक्ष तर्फबाट भने संसदमा ९ दल पुग्ने पक्का भएको छ । प्रत्यक्ष तर्फ एकसिट जितेका नयाँ शक्ति, राप्रपा, नेमकिपा र राष्ट्रि जनमोर्चाको हैसियत संसदमा प्रतिनिधित्व गर्ने दलको रुपमा मात्र रहने छ । 

salt training

कमेन्ट गर्नुहोस्