१७ असार २०८३, बुधबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

भदौ १५, २०८२
हेटौंडा
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्