०३ साउन २०८३, आइतबार

बुटवल पुगे प्रचण्ड, टङ्कमणिको सालिक अनावरण

भदौ १५, २०८२
बुटवल
बुटवल पुगे प्रचण्ड, टङ्कमणिको सालिक अनावरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बुटवल आएका छन् ।

बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा सहभागी हुन प्रचण्ड बुटवल पुगेका हुन् ।

कार्यक्रममा उनले स्व. राम प्रसाद बञ्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गरे |

सोही अवसरमा प्रचण्डले ‘टङ्कमणिः एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरेका छन् । 

सो अवसरमा बोल्दै प्रचण्डले टङ्कमणि क्रान्तिकारी योद्धा र जोखिमपूर्ण तथा खतराको भूमिका लिन सक्ने नेता भएको स्मरण गरे । 

साथै, उलने टङ्कमणिको सालिक निर्माण र पुस्तक लेखेर उनीप्रति सच्चा सम्मान भएको समेत बताए । सहिदको सम्मानमा पार्क बनाउन आग्रह गर्दै प्रचण्डले केन्द्रबाट गर्न सक्ने भूमिका आफूले निभाउने प्रतिवद्धता जनाए ।

माओवादीले शुरू गरेको सशस्त्र विद्रोहको शुरूआतदेखि नै भूमिगत रहेर काम गरेका बञ्जाडेले २०७८ साल मंसिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए । 

यस्तै, आइतबार नै प्रचण्ड माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्