०५ असार २०८३, शुक्रबार

प्रदेश नम्बर दुई र सातको समानुपातिकमा कांग्रेसको अग्रता

मंसिर २७, २०७४
प्रदेश नम्बर दुई र सातको समानुपातिकमा कांग्रेसको अग्रता

प्रतिनिधि र प्रदेशसभामा पहिलो दल बनेको नेकपा एमाले समानुपातिकमा पनि पहिलो बन्ने देखिएको छ । 

प्रतिनिधिसभाको समानुपातिक मतगणनामा अग्रता बनाएको एमालेले ५ वटा प्रदेशहरुमा अग्रता बनाएको छ । 

कुन प्रदेशको समानुपातिकमा को अगाडि ?

प्रदेश नम्बर एकको प्रतिनिधिसभा तर्फको समानुपातिकमा नेकपा एमालेले अग्रता बनाएको छ । 

नेकपा एमालेले बुधबार ११ बजेसम्मको मतगणनामा ४ लाख ५० हजार ९ सय ११ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ७५ हजार ८ सय ४० मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ४६ हजार १ सय २६ मत पाएको छ । संघीय समाजवादी फोरमले ४७ हजार ९ सय ३८ मत पाउँदा राप्रपाले ३७ हजार ६ सय तीन मत पाएको छ भने अन्य दलले ९७ हजार २ सय ७४ मत पाएका छन् । 

प्रदेश नम्बर २

दुई नम्बर प्रदेशमा भने प्रतिनिधिसभामा मधेसकेन्द्रीत दलहरुले अग्रता बनाएपनि समानुपातिकमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । 
पछिल्ला तथ्यांक अनुसार नेपाली कांग्रेसले १ लाख ५९ हजार ४ सय ४ मत पाएको छ । दोस्रो स्थानमा राजपा रहेको छ उसले १ लाख १८ हजार ५ सय ३३ मत पाएको छ । तेस्रो स्थानमा संघीय समाजवादी फोरम रहेको छ उसले १ लाख ८२ हजार २ मत पाएको छ । चौथो स्थानमा रहेको नेकपा उमालेले ९८ हजार ६ सय ७४ मत पाएको छ । माओवादी केन्द्रले ५९ हजार ३ सय ८५ मत पाएको छ भने अन्य दलले ५३ हजार ३ सय ८५ मत पाएको छ । 

तीन नम्बर प्रदेशमा पनि एमालेकै अग्रता

तीन नम्बर प्रदेशको प्रतिनिधिसभाको समानुपातिकमा नेकपा एमालेले ३ लाख ४६ हजार २ सय ४० मत पाएको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसले २ लाख ७८ हजार १७ मत पाएको छ । तेस्रो स्थानमा १ लाख ६४ हजार ७ सय ५१ मतसहति माओवादी केन्द्र रहेको छ । 

तीन नम्बर प्रदेशमा भने विवेकशील साझा पार्टी चौथो स्थानमा रहेको छ । उसले ६४ हजार ७ सय ६३ मत पाएको छ । पाँचौ स्थानमा राप्रपा ४३ हजार ६ सय १३ मत पाएको छ । अन्य दलले ६३ हजार ४ सय ४५ मत पाएका छन् । 

४ नम्बर प्रदेशमा पनि एमाले

चार नम्बर प्रदेशको प्रतिनिधिसभा तर्फको समानुपातिकमा पनि नेकपा एमाले अघि छ । एमालेले २ लाख ६७ हजार ४ सय २५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ६३ हजार ३ सय ५१ मत पाएको छ । तेस्रोमा माओवादी केन्द्र रहँदा नयाँ शक्ति र राष्ट्रि जनमोर्चा क्रमश चौथो र पाँचौं स्थानमा रहेका छन् । 

पाँच नम्बरमा पनि अवस्था उस्तै

पाँच नम्बर प्रदेशमा पनि नेकपा एमाले ३ लाख ९९ हजार ९ सय छ मतसहित अगाडि छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहँदा तेस्रोमा नेकपा माओवादी केन्द्र चौथोमा सघीय समाजवादी फोरम पाँँचौमा राजपाले समानुपातिकमा मत पाएका छन् । 

६ नम्बरमा मजदुर किसान र राप्रपाबीच प्रतिस्पर्धा

प्रदेश नम्बर ६ मा नेकपा एमाले १ लाख २ सय ४१ मतसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा नेपाली कांग्रेस ९५ हजार ३५ नेकपा माओवादी केन्द्र ७८ हजार ७ सय ५७ मत पाएको छ । राप्रपाले ६ हजार ८ सय ४२ मत पाँउदा नेपाल मजुर किसान पार्टीले ६ हजार ८ सय २३ मत पाएको छ । 

सात नम्बरमा कांग्रेसको अग्रता

नेपाली कांग्रेसले सात नम्बर प्रदेशको प्रतिनिधिसभा तर्फको समानुपातिकमा अग्रता बनाएको छ । कांग्रेसले यस प्रदेशमा १ लाख ४७ हजार ८ सय ९७ मत पाउँदा दोस्रो स्थानमा रहेको नेकपा एमालेले १ लाख ३५ हजार २ सय ८३ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ लाख १८ हजार ७४ मत पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्