०३ साउन २०८३, आइतबार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता​

भदौ १५, २०८२
काठमाडौं
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता​

प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच ​आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।​​

शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली चीन भ्रमणमा छन् ।

प्रधानमन्त्री ओलीले चिङलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । साथै उनले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । 

भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरू, सांसदहरू र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्