३० जेठ २०८३, शनिबार

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

भदौ १५, २०८२
दाङ
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।​ 

लमही नगरपालिका- २ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्