१३ असार २०८३, शनिबार

उत्तर कोरियाको दाबी, किम जोङ–उनले मौसम नियन्त्रण गर्न सक्छन्

मंसिर २७, २०७४
उत्तर कोरियाको दाबी, किम जोङ–उनले मौसम नियन्त्रण गर्न सक्छन्

काठमाडौं— उत्तर कोरियाले आफ्ना नेता किम जोङ–उन मौसमलाई नियन्त्रण गर्न समर्थ रहेको दाबी गरेको छ । किम चीनको सिमानानजिक पाएक्तु पर्वतको शिखरमा उभिएको तस्वीर सार्वजनिक भएपछि यस्तो दाबी गरिएको हो । 

पाएक्तु पर्वत नौ हजार फीट अग्लो छ र किमले चम्किलो कालो जुत्ता तथा औपचारिक कपडा लगाएर पर्वतको टुप्पोमा घुमेको देखिन्छ । 

उनको यो सफलतालाई सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीले प्रशंसा ग–यो । पर्वतमा राम्रो मौसम भएबाटै किम मौसम नियन्त्रणमा सक्षम रहेको प्रमाणका रूपमा उसले प्रस्तुत ग–यो । 

डिसेम्बरमा प्रायः पाएक्तु पर्वतको मौसम असहज हुन्छ तर किम पर्वतमा चढेपछि ‘महान् नेताको दर्शन पाएर पर्वतको वातावरण मुग्ध देखिन्थ्यो,’ केसीएनए लेख्छ । 

दक्षिण कोरियाली सरकारका एक अधिकारीले किमको पछिल्लो प्रोपागान्डाले उनी कुनै उच्च अधिकारीलाई मृत्युदण्ड दिने योजना बुनिरहेको संकेत हो भनेका छन् । 

महत्त्वपूर्ण निर्णयहरू लिनुअघि किम पाएक्तु पर्वत पुग्ने गर्छन् । 

पाएक्तुलाई उत्तर कोरियाका प्रथम नेता किम इल–सुङको पवित्र जन्मभूमिका रूपमा मानिएको छ ।

कोरियाका सबभन्दा पहिला नेता दांगुनको यो जन्मभूमि रहेको मान्यता छ । दांगुनले इसापूर्व २३३३ मा कोरियाली राज्य स्थापना गरेको मान्यता छ । 

यो पर्वतमा अहिलेसम्मकै सबभन्दा खतरनाक ज्वालामुखी विस्फोट भएको मानिन्छ अनि उत्तर कोरियाले आणविक हतियार परीक्षण गरिरहँदा ज्वालामुखी फेरि विस्फोट हुने सम्भावना छ । 

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्