१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि सिफारिस आह्वान

भदौ १६, २०८२
काठमाडौं
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि सिफारिस आह्वान

नेपाल सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा अनुदान सहयोग’का लागि सिफारिस आह्वान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारले सोमबार प्रकाशित गरेको सूचनाअनुसार शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक अनुसन्धान, खोज तथा विकासलगायत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने बालबालिका, युवा र अन्य व्यक्तिलाई पुरस्कार तथा अनुदान सहयोग प्रदान गरिनेछ।

यसका लागि नेपाल सरकार मातहतका निकाय, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, शिक्षण संस्था, सरकार स्वामित्वका अनुसन्धानमूलक वा प्राज्ञिक संस्था, साथै बालबालिका तथा शारीरिक रूपमा अशक्त प्रतिभासँग सम्बन्धित आफन्त वा संस्थाले सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

सिफारिस गर्ने निकाय वा व्यक्तिले मापदण्डको अनुसूची–३ बमोजिम आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनु पर्नेछ। सोको एक प्रति स्क्यान गरी [email protected]
 मा पठाउनुपर्ने सूचनामा उल्लेख छ।

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार तथा अनुदान सहयोग रकम वितरण मापदण्ड, २०८२’ कार्यालयको वेबसाइट www.opmcm.gov.np
 बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्