१५ असार २०८३, सोमबार

सुसेला काव्यशालामा सुनिए नारायण ढकाल

भदौ १६, २०८२
काठमाडौं
सुसेला काव्यशालामा सुनिए नारायण ढकाल

सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकाल सुनिएका छन् । सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलस्थित उजामा क्याफेमा ढकालका कवितासहित साङ्गीति प्रस्तुति गरिएको हो । 

कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो । जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो।

जीवनका आयामहरूमा ५ दशक लामो समयसम्म कतै न कतै सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञ, सांसदलगायत विभिन्न पहिचान बनाएका ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायत पुस्तकहरू प्रकाशित छन् ।

कार्यक्रममा उपस्थित भई कविता बाचन गर्दा आफूलाई फरक अनुभूति भएको ढकालले बताए । 

कार्यक्रममा खगेन्द्र सङ्ग्रौला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदबिक्रम केसीलगायतको उपस्थित थियो।

दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार गर्नेगरी शुरू भएको सुसेला काव्यशाला आगामी दिनमा नियमित हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्