१२ असार २०८३, शुक्रबार

डिशहोम र मेलुङ थकालीबीच छुट सम्झौता

भदौ १६, २०८२
काठमाडौं
डिशहोम र मेलुङ थकालीबीच छुट सम्झौता

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली 'मेलुङ थकाली'सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

मेलुङका पाँच आउटलेटहरू क्रमशः एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा छन् । अरु थप शाखा पनि विस्तारको क्रममा रहेका छन् ।

यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।

छुट लिनका लागि

  • माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्

  • आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस् 

  • होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस् 

  • मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक वसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

'यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,' डिशहोमका सीईओ तारा मानन्धरले भने ।​ 

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि शुरू गरिएको हो । 

कम्पनीले आगामी दिनमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्