२३ असार २०८३, मंगलबार

सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ पुग्यो, दैनिक नयाँ कीर्तिमान कायम

भदौ १६, २०८२
काठमाडौं
सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँ पुग्यो, दैनिक नयाँ कीर्तिमान कायम

नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ ।

आइतबार स्थानीय बजारमा प्रतितोला २ लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो ।

आज सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० रुपैयाँ पुगेको छ ।

आइतबार चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्