०२ असार २०८३, मंगलबार

मजाकमा भयो दुर्घटना, काटियो साथीको लिंग

कात्तिक २०, २०७४
मजाकमा भयो दुर्घटना, काटियो साथीको लिंग
रोमानिया, २५ मंसिर – रोमानियाको लासी राज्यमा साथीसँग मजाक गर्दा ठूलो समस्या प¥यो । मेसिनबाट चल्ने आरीले काठ काट्दै गर्दा दुवै साथी एक आपसमा कुराकानी गरिरहेका थिए । यत्तिकैमा मेसिन साथीको लिंगतर्फ उछिट्टियो र उनको लिंग काटियो ।
दुवै साथी छिमेकी पनि थिए । दुवैले काठ काट्ने बेला रक्सी पनि पिएका थिए । ४९ वर्षीय साथीले आफ्नो साथीलाई हस्पिटल लगे । डाक्टरले लिंग जोड्ने कोशिश पनि गरे तर सम्भव भएन ।
जतिबेला घटना घट्यो । त्यो समयमा घाइतेकी श्रीमती र उनका १४ वर्षका छोरा पनि त्यहाँ थिए । महिलाले आफ्ना पतिका साथीका विरुद्ध उजुरी गर्न चाहेकी छिन् । महिलाले बताइन्, ‘हामी काठ काटिरहेका थियौं । मैले छिमेकीलाई सहयोगका लागि बोलाएँ । अचानक मैले मेरा पतिको रगतले लतपत हालतमा देखें ।’
उनका साथीले त्यहाँ केवल मजाक चलिरहेको थियो । पछि त्यही वास्तविकतामा बदलियो । उनले भने, ‘हामी त्यहाँ मजाक गरिरहेका थियौं । म उनको लिंग काट्न खोजेको थिएन । म सहयोग गर्न आएको थिएँ । तर यस्तो घटना घट्यो । म अपराधी होइन । मलाई आशा छ, म जेल जानुपर्ने छैन ।’

salt training

कमेन्ट गर्नुहोस्